बुहारीले छोरी जन्माएपछि सासुले दिईन् कार उपहार



१९ पुष २०७६, काठमाडौं

भारतको उत्तर प्रदेशमा एक महिलाले छोरी पाउदा उनकी सासुले कार उपहार दिउकी छिन् ।

बुहारीले छोरी पाएपछी सासु खुशी हुदै आफ्नी बुहारीलाई कार उपहार दिएकी हुन् । स्वास्थ्य विभागको बतौर निरिक्षकको पदबाट रिटायर्ड भएकी सामु प्रेमा देवी आफ्नो छोरा बुहारीसंग बस्ने गर्छिन् ।

सासुले छोरा भन्दा छोरी धेरै राम्रो हुने बताएकी छिन् । त्यसैले बुहारीले छोरी पाउँदा खुशी हुदै कार उपहार दिएकी हुन् । उनका छोरा हमीरपुर जिल्ला मुख्यालयमा सरकारी सेवामा कार्यरत छन् ।

उनले आफ्नो बुहारीलाई छोरी जस्तै ब्यबहार गर्छिन् । बुहारीले छोरी पाएपछी उनले घरमा पार्टी राखिन् । बुहारीलाई होन्डा सिटी कार खरिद गरेर उपहार दिएकी हु्न् । एजेन्सी..

प्रतिक्रिया दिनुहोस्