
१८ पुष २०७६, काठमाडौं
काठमाडौंको असनमा भीषण आगलागि भएको छ।
शुक्रबार साढे ६ बजे असनको केलटोलको एक घरको चौँथो तलाबाट आगो फैलिएको हो। काठमाडौं महानगरपालिकाका तीनवटा र ललितपुर महानगरपालिकाको एउटा दमकलसहित स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन प्रयास भइरहेको प्रहरीले जनाएको छ।
काठले बनेको घरको चौँथो तलाबाट फैलिएको आगो कसरी शुरु भएको थियो भन्ने खुलेको छैन्। थप विवरण आउन बाँकी छ।





