सरकार–उखु किसानबीच पाँच बुँदे सहमति



१८ पुष २०७६, काठमाडौं

आन्दोलनरत उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा सरकारले तोकेको मूल्य दिनेसहित पाँच बुँदे सहमति भएको हो। सहमतिसँगै सर्लाहीका उखु किसानहरुले आन्दोलन फिर्ता लिएका छन्।

सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता ७ माघभित्र उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्नेछ। साथै भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्यबारे अध्ययन गर्ने, सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषिलाई लेखेर पठाउने सहमति भएको छ।

त्यस्तै, भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्य प्रणाली बनाउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकायहरु, चिनी उद्योगी, किसान प्रतिनिधि र विज्ञहरु समेत रहेको कार्यदल गठन गर्ने सहमति समेत भएको छ।

प्रतिक्रिया दिनुहोस्