राष्ट्रिय सभामा ‘नेकपा भागबण्डा’: पूर्वएमाले-९, पूर्वमाओवादी-७



१८ पुष २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आगामी ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवारहरुको टुंगो लगाएको छ।

भागबण्डा, पूर्वपार्टीकै आधारमा गरिएको हो। नेकपाद्वारा पूर्वएमालेबाट ९ जना र पूर्वमाओदावीबाट ७ जनाको नाम सिफारिस भएको छ। निर्वाचनको लागि मनोनयन दर्ता २० पुषमा हुने निर्वाचन कार्यालयले सूचना जारी गरिसकेको छ।

५९ सदस्यीय राष्ट्रिय सभामा आगामी २० पुषदेखि १९ सदस्यहरुको पद रिक्त हुँदै छ। रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचनको माध्यमबाट चयन हुनेछन् भने, १ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक व्यवस्था छ।

नेपालको संविधानको धारा ८६ मा प्रत्येक प्रदेशबाट ८ जनाका दरले कूल ५६ जना राष्ट्रिय सभा सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। त्यस्तै, सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित ३ जनासमेत गरी जम्मा ५९ सदस्यीय राष्ट्रिय सभा गठन हुने संवैधानिक व्यवस्था छ।

यी हुन् नेकपाका राष्ट्रिय सभा सदस्य उम्मेदवार [सूचीसहित]

राष्ट्रिय सभाबाट बाहिरिँदै यी सांसदहरुः

भागबण्डाअनुसार सरिता प्रसाईँ, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रीत पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे आगामी २० पुषदेखि राष्ट्रिय सभाबाट बाहिरिँदै छन्।

यस्तै बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधि सकिँदै छ।

को उम्मेदवार कहाँबाट?

१, प्रदेश नं.
१ नं. प्रदेशबाट इन्दु गौतम, गोपी अच्छामी र देवेन्द्र दाहाल उम्मेदवार बनेका छन्।

३ जनामध्ये अच्छामी पूर्वमाओवादीबाट हुन् भने गौतम र दाहाल पूर्वएमालेबाट हुन्। नेकपाले गौतमलाई महिलाबाट, दाहाललाई अन्यबाट र अच्छामीलाई दलितबाट उम्मेदवार बनाएको हो।

दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता पनि हुन्।

२, प्रदेश नं. २
२ नं. प्रदेशमा नेकपा र राजपाबीच साझेदारी हुने भएको छ। जसमध्ये राजपाको भागमा २ सिट परेको छ।

नेकपाको तर्फबाट राधेश्याम पासवान र तुलसा दाहाल उम्मेदवार बनेका छन्। जसमा दाहाल पूर्वएमाले र पासवान पूर्वमाओवादी हुन्।

३, प्रदेश नं. ३
३ नं. प्रदेशमा नेकपाले नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका डाक्टर बेदुराम भुसाल र गंगा बेलवासेलाई उम्मेदवार बनाएको छ।

भुसाल र बेलवासे दुवै पूर्वएमाले हुन्।

४, गण्डकी प्रदेश
गण्डकी प्रदेशबाट नेकपाले नेकपा प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपालाई उम्मेदवार बनाएको छ।

जसमा श्रेष्ठ पूर्वमाओवादी र न्यौपाने पूर्वएमाले हुन्। न्यौपानेमा तनहुँबाट मेयरमा उठेर पराजित भएकी थिइन्। श्रेष्ठ पनि गोरखामा प्रतिनिधि सभाको चुनावमा डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।

५, प्रदेश नं.५
प्रदेश ५ बाट बिमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई नेकपाका उम्मेदवार बनेका छन्।

जसमध्ये शर्मा पूर्वमाओवादी हुन् भने घिमिरे र भट्टराई पूर्वएमाले हुन्।

६, कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा र सुमित्रा बिसी राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका छन्।

जसमा शर्मा पूर्वमाओवादी हुन् भने बिसी पूर्वएमाले हुन्।

७, सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशबाट शारदा भट्ट र तारामान स्वार उम्मेदवार भएका छन्। स्वार पूर्वमाओवादी हुन् भने भट्ट पूर्वएमाले हुन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्