पेस्तोल सहित विप्लव कार्यकर्ता पक्राउ



१८ पुष २०७६, काठमाडौं

प्रहरीले चिनियाँ पेस्तोलसहित विप्लव कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

पार्टीको केही दस्तावेजसहित पेस्तोल लिएर हिँडिरहेका दैलेखको दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो। उनी बुधबार हतुवागढी गाउँपालिका ९ हसनपुरबाट थापा पक्राउ परेका हुन्।

खानतलासी गर्ने क्रममा इलाका प्रहरी कार्यालय घोरेटारको प्रहरी टोलीले उनको साथबाट ४ राउण्ड गोली, २ थान डायरी र केही पार्टीका दस्तावेज फेला पारेको बताइएको छ।

उनलाई बिहीबार नै जिल्ला प्रहरी कार्यालय भोजपुर पर्‍याई अनुसन्धान थालिएको डीएसपी नरबहादुर सलामीमगरले बताए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्