यी हुन् खाली पेटमा मनतातो पानी पिउनुका फाईदाहरु



१८ पुष २०७६, काठमाडौं

-हरेक दिन बिहान मनतातो पानी पिउनाले शरिरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ। पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ।

-तपाईँलाई भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर पिउनुहोस्। यसले तपाईँमा भोक जगाउँछ।

-बिहान खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा पाउनुका साथै जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ।

-रुघाखोकी लागेमा पर्याप्त मात्रामा मनतातो वा तातो पानी पिउनु आवश्यक हुन्छ। यसले शरिरमा आराम मिल्छ।

-यदि छालामा चाउरीपना तथा दागधब्बा आएका छन् भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउनुहोस्। चिया कफीको साट्टो ग्रीन टी पिउनुहोस्। यसले छाला चम्किलो बनाउने र शरिरको तौल कम गर्न पनि मद्दत गर्दछ।

-बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस राखेर पिउनाले शरिरका विषाक्त पदार्थ बाहिर निस्कन्छन् र शरिरको रोग प्रतिरोधी क्षमता पनि बढ्दछ।

-यदि ततपाईँलाई निकै थकाइ लाग्ने समस्या छ भने बिहान मनतातो पानी पिउने बानी गर्नाले मांशपेशीलाई तन्दुरुस्त बनाउन मद्दत गर्दछ।

-बिहान उठ्नेवित्तिकै मनतातो पानी पिउनाले टाउको दुख्ने समस्याबाट छुटकारा पाउन मद्दत मिल्नुका साथै यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमण हुनबाट बचाउँछ।

प्रतिक्रिया दिनुहोस्