उम्मेदवार बन्न मानेनन् बामदेव



१८ पुष २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्न अस्वीकार गरेका छन्।

नेकपा सचिवालयको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम प्रस्ताव गरेका थिए। ‘प्रचण्ड कमरेडले दुई जनाबारे के गर्ने पहिला यसमा छलफल गरौं भन्नुभयो’ एक नेताले भने, ‘केपी कमरेडले यसमा छलफल नै गर्नुपर्दैन, निर्णय गरौं भन्नुभयो।’

नेता गौतमले प्रधानमन्त्री बन्ने बाटो खुला हुने अवस्थामा मात्रै सांसद हुने बताउँदै आएका छन्। तर, राष्ट्रियसभाका सांसद प्रधानमन्त्री बन्न नपाउने संवैधानिक प्रावधान छ। उनले यही विषयलाई लिएर संविधान संशोधन गर्ने प्रस्ताव राखेका थिए।

तर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गौतमको शर्त ठाडै अस्वीकार गरेका थिए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्