‘एमसीसीबारे नेपालले स्वतन्त्र निर्णय लिनुपर्छ’



१८ पुष २०७६, काठमाडौं

मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी)बाट सहयोग लिने विषयमा नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने चीनले प्रष्ट पारेको छ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालले आफ्नो आर्थिक उन्नतिका लागि जनै देशसँग पनि सहयोग लिन सक्ने बताइन्। ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन।’ उनले भनिन्, ‘कसैको दबाबमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ।’

पत्रकार सम्मेलनमा उनले हालै नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरुको विषयमा पनि स्पष्टिकरण दिएकी छिन्। उनले भनिन्, ‘पर्यटक भिसामा नेपाल आएर गैर-पर्यटन काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेको हो। पक्राउ परेकाहरु अहिले हिरासतमै छन्।’

यस्तै राजदूत यान्कीले त्रिदेशीय सहकार्यको विषयमा २ जोड १ को अवधारणाबारे पनि प्रष्ट पारेकी छिन्। ‘२ जोड १ भनेको चीन र भारतले नेपाललाई डिक्टेट गर्ने होइन। सबै देश समान हुन्।यो त्रिदेशीय सहकार्यको अवधारणा हो।’ यसको उदाहरणका रुपमा उनले अफगानिस्तानको सुरक्षा बललाई चीन र भारतले संयुक्तरुपमा तालिम दिइरहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्