चक्रपथ विस्तारका लागि जग्गा अधिकरण गर्न स्वीकृति, ३५ घर भत्काइने



१८ पुस २०७६, काठमाडौं

दोस्रो चरणको चक्रपथ विस्तार आयोजनाअन्तगर्तत कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि आवश्यक जग्गा अधिकरण गर्न सरकारले सडक विभागलाई स्वीकृति दिएको छ ।

चक्रपथ विस्तारअन्तर्गत दोस्रो चरण कलंकी–महाराजगञ्ज–धोबीखोला सडक खण्डको २५ रोपनी जग्गा अधिकरण गर्नुपर्ने भएकाले मन्त्रिपरिषद्ले विभागलाई सो स्वीकृति दिएको हो । योसँगै यस आयोजनाका लागि आवश्यक जग्गा अधिकरण गर्न र सडक विस्तार प्रभावित हुने ३५ वटा घर भत्काउने बाटो खुलेको छ ।

यस खण्ड विस्तारका लागि गतवर्ष फागुनमा सडक विभाग र चीन सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यो समाचार आजको आर्थिक अभियानमा हिमा वि.कले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्