बूढानीलकण्ठ-टोखा वाकथोन कार्यक्रम उपलब्धीमूलक : सांसद निरौला



१७ पुस २०७६, काठमाडौं

नेपाल भ्रमण वर्षको लागि उत्कृष्ट १०० गन्तव्य मध्ये एक महत्वपूर्ण गन्तव्य स्थल हो बूढानीलकण्ठ मन्दिर । नेपाल भ्रमण वर्षलाई सफल पार्न नयाँ वर्षको पहिलो दिनमै बूढानीलकण्ठ–टोखा वाकथोन कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपाल भ्रमण वर्षलाई सफल पार्न र स्वदेशी–विदेशी पर्यटकहरु धेरै भित्र्याउने उदेश्यकासाथ वाकथोन कार्यक्रमको आयोजना गरिएको प्रदेश नं ३ का सांसद दिपक निरौलाको बताएका छन् । उनले फरक प्रसङ्गमा भने, ‘वाकथोन कार्यक्रम एक, उपलब्धि अनेक, यसलाई जारी गर्दा पर्यटन प्रवर्द्धन निकै सहयोग पुग्छ ।’

सांसद निरौलाले पर्यटक भित्र्याउन मात्र नभई पर्यटकलाई आकर्षण गराउने खालका लोकल खानेकुराहरु, विभिन्न हस्तकला, आर्ट, लगायतका लगाउने तथा सजाउने सामानहरु विक्रि वितरण गरी प्रत्यक्ष रुपमा आय आर्जन गर्न जोड्न आवश्यक छ ।

पर्यटन प्रवर्द्धन समिति २०७६ को आयोजनामा भएको  वाकथोन कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, बूनपा उपप्रमुख रमादेवी राई, टोनपा उपप्रमुख ज्ञानमाया डंगोल, निर्वाचित जनप्रतिनिधि लगायत स्थानीय मात्र नभई बाह्य पर्यटकहरुको समेत सहभागिता रहेको कार्यक्रममा साईकल यात्रुहरुको समेत सहभागिता रहेको थियो ।

बूढानीलकण्ठ मन्दिर बाट टोखा चण्डेश्वरी मन्दिर–सपनातिर्थ हुदै टोखा गणेशस्थानमा आयोजक समितिका संयोजक तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बूढानीलण्ठ नगरपालिकाका सचिव प्रदिप डंगोलले कार्यक्रमको समापन गरेका थिए । कार्यक्रममा उपस्थितलाई टोपी दिवसको शुभकामना दिंदै सहभागी सबैलाई भादगाउँले टोपी समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्