‘सेवा गर्न आएको हुँ !’ अपेक्षा अनुसार काम पुरा भएको छैन : वडाध्यक्ष राजु खड्का



१७ पुस २०७६, काठमाडौं

सामान्य परिवारमा जन्मिएर पनि सुखदसँग बाल्यकाल बिताएका वडाध्यक्ष हुन् राजु खड्का । राजधानी काठमाडौंमा घर भएका उनले सरकारी विद्यालय अध्ययन गर्दै आफ्नो बाल्यकाल बिताएको अनुभव सुनाए । विगतबाटै समाजसेवामा लागि परेका खड्कालाई बूढानीलकण्ठ नगरपालिका वडा नं. ४ का वडावासीले सहजै वडाध्यक्षको रुपमा चुने । निर्वाचन पछि विकास निर्माणका धेरै कामहरु भएका छन्, तर हाल जनताको अपेक्षा अनुसारको काम भएको छैन, उनले भने, ‘विकास जादुको छडी जस्तो होईन, यसको आफ्नै प्रकृया छ ।’

सानैबाट समाजसेवामा लाग्न प्रेरित गर्ने माता साबु खड्का र पिता कृष्ण गोपाल खड्का उनको सफलतामा निकै खुसी छन् । २०३१ साल चैत्र २७ गते साविक विष्णु गाविस वडा नं ४ मा जन्मिएका उनमा आफ्नो मातृभुमी प्रति निकै स्नेह देखिन्छ । सानैबाट गाउँको विकास गर्न भोकाएका वडाध्यक्ष राजु खड्का हाल विकास निर्माणका काममा निकै अग्रसर छन् । घर नजिकै रहेको बूढानीलकण्ठ स्कुलबाट प्राथमिक शिक्षा शुरु गरेका उनले दरबार हाई स्कूलबाट एसएलसी उतिर्ण गरे ।

शिक्षालाई निरन्तरता दिंदै नेपाल विद्यार्थी संघबाट राजनीक यात्रामा हुम्मिएका खड्काले १२ औं महाधिवेशनमा साविक विष्णु गाउँ विकास समिति इकाई पार्टी सभापतिको जिम्मेवारी पाए । ०७१ सालमा बूढानीलकण्ठ नगरपालिका भएपश्चात पुनः बूढानीलकण्ठ नगरपालिका वडा नं ४ पार्टी सभापति रहेर काम गर्ने अवसर प्राप्त हुदा थप उत्साहित बने । पार्टीको विस्वास र जनताको साथका कारण ०७४ सालको स्थानीय निर्वाचनमा ढुक्कसँग अध्यक्ष पदको टिकट लिन उनमा जोसिलो हिम्मत थियो । त्यसैको परिणाम बूढानीलकण्ठ नगरपालिका वडा नं ४ को वडाध्यक्षमा चुनिए ।

शैक्षिक पाटो
बूनपा ४ मा भएका दुई वटा सामुदायिक विद्यालय मदन आश्रीत आधारभूत विद्यालय र श्रीराम आधारभुत विद्यालयमा सहयोग गरेको बताउँदै वडाध्यक्ष खड्काले भने, खानेपानी देखि शौचालय सम्म नभएका विद्यालयलाई वडाले भौतिक सम्रचना निर्माण, खानेपानीको सुविधा, विद्युत र शौचालय बनाउने कार्य समेत गरेका छौं । त्यति मात्र नभएर सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षाको लागि व्यवस्थापन समितिसँग छलफल गरी लागि विद्यालयलाई आग्रह गरेका छौं ।

भौतिक पुर्वाधार
आफू वडाध्यक्ष चुनिनु अघि अव्यवस्थित रहेका साना–ठुला सडकहरु निर्माणाधिन अवस्थामा छन्, अध्यक्ष खड्काले भने, बूढानीलकण्ठ–चण्डेश्वरी सडक रिटेर्निङ वालसहित पक्की, घुम्ति–घट्टापाटी–चण्डेश्वरी ड्रेन सहित पिच, वडा कार्यालय–कपुर चोक हुँदै वडा नं. ६ लुडेखोलासम्मका सडक विस्तारका कार्यलाई उपत्यका विकास प्रधिकरणले सहयोग गरेको छ । त्यसैगरी पञ्चकन्या बस्तिहुँदै बूढानीलकण्ठ जानेबाटो नगरस्तरिय बजेटबाट ५० लाखको टेण्डरमा गएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको पहलमा शिवमन्दिर–थापा गाउँ हुँदै बूढानीलण्ठ जाने सडक निर्माणको लागि ५० लाख विनियोजन भएको छ । सडक निर्माणको क्रममा आवस्यकता अनुसारको पुनः बजेट छुट्याउन समेत मन्त्री पोखरेल प्रतिवद्ध छन् । यतिमात्र नभएर वडाका संपुर्ण सडकहरु तिब्ररुपमा निर्माण गर्न पहल गर्न सधै तयार रहेको जनाए ।

अन्तर्राष्ट्रिय स्तरको खेलकुद मैदान
फुटबल खेल मैदान निर्माण गर्ने तयारी गरिरहेका छौं । केहि विवादित जग्गाको कारण काम रोकिएको छ उनले भने, यो समस्या छिट्टै समाधान हुन्छ, आफ्नै कार्यकालमा फुटबल चौर हेर्ने ठुलो रहर छ ।

बूढानीलण्ठकै खानेपानी समस्या मुक्त वडा
बूढानीलकण्ठ नगरपलिका भित्रका संपुर्ण वडामा मुख्य समस्या भनेकै खानेपानी रहेको देखिन्छ । तर बूढानीलकण्ठको वडा नं ४ मा भने खानेपानीको खासै समस्या नहुनु वडावासीमा खुसीको कुरा हो ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. ४ भित्रका १२ सय घरधुरीमा पानी सहितको धारा व्यवस्था गरिएको छ । निर्माणाधिन अवस्थाका घरहरुमा पानी पुर्याउन समेत वडाले केयुकेएलसँग सहकार्य गरेर सबै क्षेत्रका घरमा पानी सहितको धारा वितरण गर्न निकै सहज भएको छ । वडाभित्र खानेपानीको अभाव नहुनु र नयाँ घरधुरीलाई सहज रुपमा वितरण गर्न पाउनु खुशीको कुरा हो । वडाध्यक्ष खड्काले भने, म पुर्ण सन्तुष्ट छु ।

सार्वजनिक जग्गा संरक्षण
वडा भित्रका धेरै जग्गाहरु जङ्गल तथा निकुञ्जसँग जोडिएका कारण निजी जग्गा सार्वजनिक जग्गासँग जोडिनु नौलो कुरा हैन । पुस्तौ–पुस्तादेखि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वडा नं ४ मा स्थानीहरुले सार्वजनिक जग्गा ओगटेका छन् । त्यस किसिमका जग्गालाई नगर तथा वडावासीको पहलमा संरक्षण गरी करिव २०० रोपनीमा चिडिया खाना जु बनाउने तयारीमा छु ।

चुनाव ताका जनतामाझ घोषणापत्रमा उल्लेखित विकास निर्माणका काम गर्न म आफैँ सचेत छु । वडावासीको हकहित संरक्षणका लागि सदैव अग्रसर रही बूढानीलकण्ठ वडा नं ४ लाई अन्य वडा भन्दा सुविधाजनक बनाउन म सधै लागि पर्नेछु । ‘यो मेरो मातृभूमी हो ।’

प्रतिक्रिया दिनुहोस्