काठमाडौंका प्रमुख चोकहरुमा सार्वजनिक शौचालय बनाउँदै एनआरएनए



१७ पुस २०७६, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनएल)ले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा शहरका प्रमुख व्यस्त चोकहरुमा निर्माण गर्न लागेको सार्वजनिक शौचालयहरुको प्रमुख ढाँचा सार्वजनिक गरेको छ ।

काठमाडौंको कलंकी, सुन्धारा, कोटेश्वर, माछापोखरी, चाबहिल लगायतका क्षेत्रमा महानगरले जग्गा उपलब्ध गराउने र त्यसमा एनआरएनएले शौचालय निर्माण गरी सुरुका केही वर्ष सञ्चालनको जिम्मेवारी समेत लिने संघका निवर्तमान अध्यक्ष कुमार पन्तले जानकारी गराएका छन् । उनी भन्छन्,‘सार्वजनिक शौचालय निर्माण प्रति सबैको सकारात्मक प्रतिक्रिया आएको छ र यसले काठमाडौँका आगन्तुक तथा यात्रुलाई समेत सुविधा पुग्नेछ । काठमाडौं मुलुकको संघीय राजधानी मात्र नभई प्रत्येक विदेशी पर्यटकलाई स्वागत गर्ने शहर समेत भएकाले यसलाई स्वच्छ र सफा राख्नु हाम्रो दायित्व हो ।’

सार्वजनिक शौचालय निर्माणका लागि संघका अध्यक्ष कुमार पन्तले सल्लाह तथा सुझाव दिन समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्