
१७ पुष २०७६, काठमाडौं
ताइवानमा हेलिकप्टर दुर्घटनामा प्रधानसेनापति शेन यी मिङसहित ८ जनाको मृत्यु भएको छ ।
न्यू ताइपेई सहरको पहाडी क्षेत्रमा बिहीबार बिहान सैन्य हेलिकप्टर दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमा प्रधानसेनापतिसहित उच्च सैनिक अधिकारीहरु रहेको ताइवान न्यूज डट कमले जनाएको छ।
दुर्घटनामा सख्त घाइते भएका ५ जनाको उपचार भइरहेको छ। हेलिकप्टरमा ३ जना चालकदलका सदस्य र प्रधानसेनापति शेनसहित १० जना उच्च सैनिक अधिकृत सवार थिए। प्रधानसेनापति शेन ताइवानका वायुसेना प्रमुख पनि हुन्।





