एसपी मल्ललाई १२ घण्टाभित्र चितवन छाड्न निर्देशन



१७ पुस २०७६, काठमाडौं

प्रदेशनं ३ प्रहरी कार्यालय हेटौँडाले जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दिएको छ ।

सरुवा भएको १३ दिन सम्म पनि जिल्ला नछाडेपछि प्रहरी नायव उपरिक्षकलाई इन्चार्जको जिम्मेवारी सुम्पिएर एसपी मल्ललाई १२ घण्टा भित्र जिल्ला छोड्न निर्देशन दिएको हो ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाले एसपी मल्ललाई १२ घण्टाभित्र चितवन छाडी सरुवा गरी पठाइएको ठाउँमा रवाना हुन भनेको हो । गत पुस ४ गते २४ जना एसपीको सरुवा भएको थियो । जसमा एसपी मल्ललाई जिल्ला प्रहरी कार्यालय चितवनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको थियो । यस्तै एसपी मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाइएको थियो ।

तर, एसपी मल्लले चितवन छाड्न अटेर गरिरहेका थिए । एसपी मल्लको अटेरीका कारण उनको ठाउँमा सरुवा भएकी एसपी गंगा पन्त हाजिर हुन पाएकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस्