नेपाल भ्रमण वर्ष २०२० को देशभर भव्य शुभारम्भ (फोटो फिचर)



१७ पुष २०७६, काठमाडौँ

नेपाल भ्रमण वर्ष २०२० को वुधबारदेखि विधिवत रुपमा सुरुवात भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच भ्रमण वर्षको सुरुवात गरेकी हुन् । अंग्रेजी नयाँ वर्षको पहिलो दिन समेत भएकोले यो अवसरमा देशैभर आन्तारिक तथा बाहिरी पर्यटकहरुका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।

नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भका अवसरमा बुधबार काठमाडौँको दशरथ रङ्गशालामा आयोजित समारोहमा नेपाली चलचित्रका महानायक राजेश हमाल शुभकामना दिँदै

काठमाडौँको दशरथ रङ्गशालामा बुधबार आयोजित नेपाल भ्रमण वर्ष सन् २०२० को शुभारम्भ समारोहमा शान्ति स्वस्ती पाठ गर्दै संस्कृत गुरुकूलका विद्यार्थी

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारद्वारा बुधबार धनगढीमा आयोजित विशेष समारोहमा गौरा नृत्य प्रस्तुत गरिँदै ।

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारद्वारा बुधबार धनगढीमा आयोजित विशेष समारोहमा छलिया नृत्य प्रस्तुत गर्दै कलाकार

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारद्वारा बुधबार धनगढीमा आयोजित विशेष समारोहमा थारू समुदायको लोकप्रिय मुङ्ग्रहवा नृत्य प्रस्तुत गर्दै कलाकार

पर्यटन वर्ष २०२० को अवसरमा भक्तपुरको ऐतिहासिक सिद्धपोखरीमा भक्तपुर नगरपालिकाले बुधबारबाट सञ्चालनमा ल्याएको नौका विहारको उद्घाटन गर्दै नगरप्रमुख सुनिल प्रजापति ।


नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारद्वारा बुधबार धनगढीमा आयोजित समारोहमा तयार पारिएको ‘लोगो’ सार्वजनिक गर्दै

नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन नगरकोटको बतासे डाँडामा भ्रमण वर्षको स्वागतमा बिगुल फुक्दै नेपाली सेनाको टोली ।

नेपाल भ्रमणवर्ष २०२० को पहिलो दिन बुधबार नगरकोटको बतासे डाँडामा हेलिकप्टरबाट पुष्पवृष्टि गरी नेपाल भ्रमण वर्षको स्वागत गर्दै ।


नगरकोटको बतासे डाँडाबाट नेपाल भ्रमण वर्ष २०२० को स्वागत गर्दै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको झण्डा झण्डोत्तोलन गर्दै

नेपाल भ्रमण वर्ष २०२० को स्वागतार्थ पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफामा आयोजित प्रभातफेरीमा सहभागी बन्दै सर्वसाधारण

सन् २०२० जनवरी १ एवं नेपाल भ्रमण वर्षको पहिलो दिन बुधबार नगरकोटको बतासे डाँडाबाट देखिएको हिमाली दृश्य

सन् २०२० जनवरी १ एवं नेपाल भ्रमण वर्षको पहिलो दिन बुधबार नगरकोटको बतासे डाँडामा भ्रमण वर्षको स्वागतमा नृत्य गर्दै कलाकार ।

अग्रेजी नयाँ वर्ष एवं ‘नेपाल भ्रमण वर्ष २०२०’ को पहिलो दिन बुधबार बिहान नगरकोटको बतासे डाँडामा क्यामरामा तस्वीर कैद गर्दै आन्तरिक पर्यटकको टोली ।


अग्रेजी नयाँ वर्ष एवं ‘नेपाल भ्रमण वर्ष २०२०’ को पहिलो दिन बुधबार बिहान नगरकोटको बतासे डाँडामा क्यामरामा तस्वीर कैद गर्दै विदेशी पर्यटक ।

प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाट भ्रमणका लागि आएका आन्तरिक पर्यटकलाई बुधबार स्वागत गर्दै देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललगायत पदाधिकारी ।

पूर्वी नाकाबाट काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पहिलो भारतीय पाहुनालाई बुधबार बिहान सम्मान गर्दै सङ्घीय सांसद राम कार्की


नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भको अवसरमा बाँके राष्ट्रिय निकुन्ज स्थित खड्बार क्षेत्रमा जङ्गल घुम्नका लागि सुरु गरिएको जङ्गल सफारीको उद्घाटन पछि हात्ती चडेर जङ्गल सफरीमा निस्किएका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल ।

भ्रमण वर्ष २०२० को उद्घाटनमा भारतीय नागरिकलाई झापाको पूर्वी नाका काँकडभिट्टामा ढाका टोपी र रुद्राक्षको माला लगाएर सम्मान ।

तस्बिर: रासस

प्रतिक्रिया दिनुहोस्