विन्टर मौसममा सेक्सलाई कसरी हट बनाउने?



१६ पुष २०७६, काठमाडौं

सेक्स लाइफमा एडभेन्चर ल्याउनका लागि धेरै जसोः कपल्सले नयाँ–नयाँ कुराहरु ट्राइ गरिरहन्छन्।

जाडो मौसममा पार्टनरबीचको सम्बन्धलाई जाडोले खलबलाउन सक्छ, तर, केहि टिप्स विन्टरमा पनि सेक्स एक्सपीरियन्सलाई हट बनाउन सक्छ।

हट शावर

अमेरिकन युनिभर्सिटि इन वासिगंटन डीसीले गरेको अध्ययन अनुसार शावरमा इन्टीमेट हुनु कपल्सको बीच निकै प्रसिद्ध मानिन्छ। विन्टरमा कपलले हट शावरको मजा लिन सक्छन्।

यदि तपाईं बाहिरको चिसो मौसमबाट घरमा आउनु भएको छ भने शावरले शरिरको तापक्रमलाई सामन्य बनाउनमा मद्दत गर्छ र तपाईं आफ्नो पार्टनरसँग इन्टीमेसी इन्जोय गर्न सक्नुहुनेछ।

हट मसाज

सेक्सको क्रममा तापक्रमलाई सहि राख्नु जरुरी हुन्छ। अन्यथा शरीरले सहज महसुस गर्दैन। आफ्नो पार्टनरलाई तातो तेल वा क्रीम मिसाएर मसाज गर्नुहोस्।

मसाजको क्रममा आफ्नो पार्टनरसँग उनको मनपर्ने शरीरको अंगको बारेमा सोध्नुहोस् र त्यहाँ मसाज गरेर उनलाई राम्रा अनुभव गराउन सक्नुहुनेछ ।

ब्ल्यान्केट सेक्स

तातो ब्ल्यान्केटमा तातो सेक्सको कम्बिनेशन हुन सक्छ। सेक्सले तपाईंको शरीरको तापक्रमलाई बढाउँछ । ब्ल्यान्केटले शरीरलाई छिटै तातो हुन र न्यानो राख्नमा मद्दत गर्छ । जसले तपाईंको ब्ल्यान्केट भित्रको सेक्सलाई तातो बनाई पुरै अनुभव लिन सक्नुहुनेछ ।

वार्म किस

हातमा, घाँटीमा वा कानमा किस गर्नुहोस्। यी सेक्सका लागि उत्तेजित गर्ने मुख्य भाग हुन्। वार्म किसले यी सबै भागलाई पुरै शरीरमा उत्तेजीत तुल्याउँछ र शरीरलाई सेक्सका लागि तयार बनाउँछ।

रोमान्टिक मूभी डेट

घरमै आफ्नो मनपर्ने रोमान्टिक चलचित्रको सीडी लगाउने वा अनलाईबाट हेर्ने। पपकर्न लिएर आफ्नो पार्टनर साग एउटै ब्ल्यान्केट शेयर गर्ने। रोमान्टिक मुभी, ब्ल्यान्केट, एक अर्काको साथले सेक्शुअल इन्टीमेसीलाई बढाउनमा निकै कारगर हुन्छ।

प्रतिक्रिया दिनुहोस्