
१६ पुष २०७६, काठमाडौ
प्रजातान्त्रिक पद्धतिबाट २५ वर्ष लामो शासन गरेका सिक्किमका पूर्व-मुख्यमन्त्री पवन चाम्लिङ राई काठमाडौं आउने भएका छन्।
आगामी १ माघमा किराँती समुदायले मनाउन लागेको यले सम्वत् ५०८० मा सहभागी हुनको लागि मुख्यमन्त्री चाम्लिङ काठमाडौं आउन लागेको किराँत राई यायोख्खाले जनाएको छ।
काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा हुन लागेको कार्यक्रममा मुख्यमन्त्री चाम्लिङलाई २ लाख २२ हजार २२२ राशीसहितको ‘हाङ यलम्बर स्मृति पुरस्कार ५०८०’बाट सम्मान समेत गरिनेछ।
यस्तै उक्त उत्सव/कार्यक्रममा सहभागी सम्पूर्ण अथितिहरुलाई विभिन्न किराँती परिकारहरुको साथ सम्मान गर्ने तयारी पनि भइरहेको यायोख्खाले जनाएको छ।
सामान्य सम्वत्का रुपमा मनाउँदै आएको किराँती समुदायले अबको यले सम्वत्लाई भने उत्सवकै रुपमा मनाउने छ।
यले सम्वत् प्रथम हाङ यलम्बरको नाममा स्थापित भएको मिती हो।





