प्रधानमन्त्री ओलीद्वारा समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो



१६ पुष २०७६, काठमाडौ

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको पुनः निम्तो दिएका छन्।

नेपाल भ्रमण वर्षको उद्घाटनको दिन पारेर बुधबार (आज) बिहान भएको फोनवार्तामा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। फोनवार्तामा नयाँ वर्ष सन् २०२० को अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै सन् २०१९ को समीक्षा गर्दै ०१९ मा दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको निष्कर्ष निकालेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

‘बुधबार बिहान भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग मेरो फोनवार्ता भयो। हामीले नयाँ वर्ष सन्  २०२० को शुभकामना आदानप्रदान गर्‍यौं। दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सन् २०१९ सफल रहेको निष्कर्ष निकाल्यौँ’, प्रधानमन्त्री ओलीले ट्विटमा उल्लेख गरेका छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्