मलेसियामा एक नेपाली कामदारको मृत्यु



१५ पुष २०७६, काठमाडौं

मलेसियाको मलक्का राज्यमा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको छ।

मलक्काको अग्नि नियन्त्रण विभागका जुल्खैरनी रम्लीका अनुसार ४७–वर्षीय नेपाली कामदार मस्जिद तनाह नजिकै रहेको एक मासु प्रशोधन फेक्ट्रीमा काम गरिरहेका बेला मासु काट्ने मेशिनमा परेर मंगलबार मृत्यु भएको अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएको छ।

अन्य तीन कामदारसँगै मृतकले त्यहाँ मर्मतसम्भारको काम गरिरहेका बेला मेशिन अचानक अन (चालु) भएपछि सो दुर्घटना भएको थियो । त्यसपछि ती कामदारको शरिर मेशिनबाट झिक्न आधा घन्टा लागेको थियो।

प्रतिक्रिया दिनुहोस्