बालबालिकालाई जाडोयाममा झाडापखाला लाग्नबाट कसरी बचाउने?



१५ मंसिर २०७६, काठमाडौं

विशेषगरि जाडोयाममा रोटा भाइरस नामक सुक्ष्म जीवाणुको कारणले बालबालिकाहरुलाई झाडापखाला लाग्ने चिकित्सकहरु बताउछन्। विश्वमा अधिकांश बालबालिकाको मृत्यु हुने कारणमा निमोनिया पछि दोस्रोमा झाडापखाला पर्दछ।

रोटाभाइरस जाडो मौसममा बढी सक्रिय हुने गर्दछ। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्दछ। जसमा पनि विशेषगरि यसले पाँच वर्षमुनिका बालबालिकालाई बढि प्रभावित पार्दछ।

रोटाभाइरस संक्रमित व्यक्तिको दिसामा यो भाइरस अत्यधिक मात्रामा पाइन्छ। यदि त्यो दिसा कुनै मध्यमबाट मुखमा पुगेमा त्यो व्यक्ति पनि संक्रमण सर्ने गर्दछ। कुनै हात भए उनिहरुले प्रयोग गर्ने सामान, खेलाउने खेलौना, पानी र खानेकुरा इत्यादिको माध्यमबाट रोटा भाइरस सर्ने गर्दछ।

रोटाभाइरस संक्रमणका कारण बारम्बार पानीजस्तो पातलो दिसासँगै बान्ता पनि हुने भएकाले कडा जलवियोजन हुने सम्भावना बढी हुन्छ। लगातार पानीजस्तो पातलो दिसा लाग्नु, बान्ता हुनु, पेट दुख्नु, अति जलवियोजन हुनु यसका प्रमुख लक्षण हुन्।

जुन बालबालिकालाई बचाउनका लागि यी उपायः

-विश्वमा रोटा भाइरस विरुद्धको खोपको पनि विकास भैसकेको छ।

-प्रशस्त मात्रामा झोलिलो पदार्थ खुवाउनुहोस्।

-दुधेबालक भए पटक–पटक दुध चुचुसाईरहनुहोस्।

-खाना खाने बालबालिकालाई गेडागुडीको झोल वा दालको झोल प्रशस्त मात्रामा खुवाउनुहोस्।

-बालबालिकालाई खाना खुवाउनुअघि साबुन पानीले राम्रोसँग हात पखाल्नुहोस्।

नोटः सरकारले आगामी वैशाखबाट रोटा भाइरस विरुद्धको खोप कार्यक्रम सुरु गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्