भ्रमण वर्षको उद्घाटनमा सहभागी हुन ४ देशका पर्यटनमन्त्री काठमाडौंमा



१५ पुष २०७६, काठमाडौं

‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटन समारोहमा सहभागी हुन विभिन्न ४ देशका पर्यटनमन्त्रीहरु काठमाडौं आइपुगेका छन्।

बुधबार(भोलि) काठमाडौंको दशरथ रंगशालामा उद्घाटन हुन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’मा सहभागी हुन चीनका पर्यटनमन्त्री वाङ जाओफेङ, भारतका पर्यटनमन्त्री प्रल्हादसिंह पातेल, जमैकाका पर्यटनमन्त्री एड्मन्ड बार्थलेट् र म्यानमारका पर्यटनमन्त्री यू ओन् मोग काठमाडौं आइपुगेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफ्नो आधिकारिक फेसबूकमा तस्वीर शेयर गर्दै उक्त कुराको जानकारी गराएका हुन्। नेपालले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य राखेको छ।

 

प्रतिक्रिया दिनुहोस्