आत्महत्या गरेकी यी महिला तीन दिनपछि बैंग्लोरमा जीवीत



१५ पुष २०७६, काठमाडौं

नयाँदिल्लीबाट एक महिला हराएपछि ती महिलाले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान थियो ।

बिमा कम्पनीको ‘ट्रेनिङ म्यानेजर’को रुपमा कार्यरत कोमल तलान नामकी महिला आफ्नो कारसहित हराएकी थिइन् ।

प्रहरीले उनको कार उत्तर प्रदेशको घाजियाबादस्थित नजिकै पार्क गरिराखेको अवस्थामा भोलिपल्ट भेटियो । प्रहरीले कोमललाई भेट्न नसके सुसाइड नोट फेला पारेको थियो ।

सुसाइड नोटमा महिलाले आफ्ना श्रीमान र ससूराले आफूमाथि दबाव र तनाब गरेको भन्दै आत्महत्या गरेको लेखेकी थिइन् । कोमलका बावुले समेत छोरीलाई परिवारमा पीडा दिने गरेको प्रहरीसमक्ष बताएका थिए ।

प्रहरी टोली त्यही हिन्दोन नदीमै उनको शव खोजी गरिरह्यो । तीन दिनसम्म खटिँदा पनि प्रहरीले शव भेट्न सकेनन् । सोही नदीमा उनले हाम फालेर आत्महत्या गरिन् भन्ने प्रहरीको बुझाइ थियो ।

तीन दिनपछि भने घटनाले अर्कै रुप लियो । प्रहरीको अनुसन्धान टोलीले कोमल आफ्ना केही साथीसँग सम्पर्कमा आएको खबर पत्ता लगायो । यसपछि प्रहरी थप अनुसन्धानको लागि जयपुर पुग्यो । जहाँ उनीहरुले कोमल मुम्बइ पुगेको खबर पाए । जब मुम्बइ पुग्यो प्रहरी टोली त्यसपछि फेरि कोमल बैंग्लोरमा रहेको सूचना पायो । अन्तत प्रहरीले दिल्लीको नदीमा ‘आत्महत्या’ गरेकी महिलालाई बैंग्लोरमा पुगेर फेला पारेको छ । उनलाई प्रहरीले उद्दार गरिसकेको छ । महिलाले परिवारबाट यातना भोग्ने गरेको भने सत्य रहेको बताइएको छ । भारतीय मिडियाले जनाए अनुसार स्थानीय प्रहरीले यस्तो घटनालाई अनौठो घटनाको रुपमा लिएको छ । एजेन्सी..

प्रतिक्रिया दिनुहोस्