राजदूत यान्छीले नेपालीमै लेखिन्ः ‘भ्रमण वर्षको शुभकामना!’ [थप तस्वीर सहित]



१५ पुष २०७६, काठमाडौं

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभकामना दिएकी छिन्।

राजदूत यान्छीले मंगलबार भक्तपुरस्थित दरबार स्क्वायरमा तस्वीर खिचाएर ‘नेपाल भ्रमण वर्ष २०२०’को शुभकामना दिएकी हुन्।

“२०२० नेपाल भ्रमण वर्ष सफलताको शुभकामना!”उनले आफ्नो आधिकारिक ट्वीटरमा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई मेन्सन गर्दै नेपालीमा लेखेकी छिन्। यस्तै उनले वास्तविक सुन्दरताले सँधै मुटु छोइरहने उल्लेख गर्दै नेपालमा रहेको विविधता, इतिहास तथा प्रकृतिले नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने पनि उल्लेख गरेकी छिन्।

तस्वीर सौजन्यः दाजदूत यान्छीको ट्वीटर अकाउण्ट

प्रतिक्रिया दिनुहोस्