गृह मन्त्रालयको निर्देशनः ‘उखु किसानलाई भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्नु’



१५ पुष २०७६, काठमाडौं

गृह मन्त्रालयले उखु किसानलाई भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन गरेको छ।

कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा प्रहरीलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए। दुवै मन्त्रालयले उखु किसानको पैसा नदिने व्यापारीमाथि कारबाहीका लागि सोमबार (हिजो) गृह मन्त्रालयलाई पत्र पठाएका थिए।

व्यापारीहरु सम्पर्कमा नरहेको भन्ने जानकारीका आधारमा खोजी गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन निर्देशन दिएको प्रवक्ता शर्माको भनाई छ।  श्रीराम, अन्नपूर्ण, इन्दिरा, लुम्बिनी, महालक्ष्मी र वाग्मती सुगर मिलले किसानलाई भुक्तानी दिएका छैनन्। उनीहरू सबैबाट गरी किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उखु किसानले बताएका छन्।

ऋण गरेर आन्दोलन गर्न काठमाडौं आएको बताउने किसान न्याय नपाइ घर नफर्किने बताउँदै आएका छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्