विप्लवका जिल्ला सचिवद्वारा आत्मसमर्पण



१५ पुष २०७६, काठमाडौं

विप्लव समूह निकट युवा संगठनका जिल्ला सचिव सहलबहादुर सुनारले आत्मसर्मपण गरेका छन्।

सुनारले सोमबार जिल्ला प्रशासन कार्यालय, बागलुङमा आत्मसमर्पण गरेका हुन्। सुनारले विप्लव समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गरेका बताइएको छ।

‘नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु।’ उनले विज्ञप्तिमा उनले उल्लेख गरेका छन्। जिल्ला अदालतले सुनारलाई आईतबार रु. १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्