
१४ पुस २०७६, काठमाडौं
नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा ठमेल क्षेत्रका पर्यटन व्यवसायीहरुले सडकमा भ्रमण वर्षको आकर्षक लोगो सहित दीपावली गरेका छन् ।

नेपाल भ्रमण बर्ष २०२० घोषणाको पूर्वसन्ध्यामा काठमाडौंको मुटुमा रहेको ठमेलमा गरिएको दीपावलीले सकारात्मक सन्देश दिने पर्यटन व्यवसायीहरुले दावी गरेका छन् ।

कार्यक्रममा ठमेल क्षेत्रका पर्यटन व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको नेपाल पर्यटन बोर्डका पूर्व सदस्य राजेन्द्र प्रसाद सापकोटाले परिवर्तन खबरलाई बताए ।





