नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका दिन दीपावली गर्न अनुरोध : सागभन्दा भब्य तयारी रहेको कार्यक्रममा महानायक हमालको विशेष प्रस्तुती रहने



#Visitnepal2020 #yogeshbhattarai

१४ पुस २०७६, काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयले सोमवार मिडिया ब्रिफिङमार्फत नेपाल भ्रमण वर्ष २०२० को तयारी पूरा भएको जानकारी गराएको छ ।

समुद्घाटन कार्यक्रमलाई भर्खरै सागको ऐतिहासिक उद्घाटन भएकै भेन्यूमा गर्न लागिएको नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले जानकारी गराए । उनले भने, ‘सागभन्दा भब्य उद्घाटन गर्नुपर्ने चूनौती हामीसँग छ ।’

पत्रकार ब्रिफिङमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भ्रमण वर्ष सफल बनाउने सन्दर्भमा मुलुकभित्र राष्ट्रिय एकता बनेको बताए । भ्रमण वर्षले नेपालको आर्थिक बृद्धिदरमा योगदान पुर्‍याउने, विकास र समृद्धिको यात्रामा मुलुक अघि बढदै नेपाल विश्वको उत्कृष्ट गन्तव्य मुलुक बनाउन भूमिका खेल्ने बताए ।

संघीय राजधानीको दशरथ रंगशालाबाट समुद्घाटन हुने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली, भारत, चीनका पर्यटनमन्त्री सहित तीन दर्जन बढी देशका उच्च पदस्थ अधिकारी सहभागी हुने बताएका छन् । सातै प्रदेशको प्रमुख पर्यटकीय स्थानमा भव्य रुपमा समुद्घाटन हुने कार्यक्रमपछि साँझमा दीपावली गर्न समेत पर्यटनमन्त्री भट्टराईले अनुरोध गरेका छन् ।

नेपाल भ्रमण वर्ष २०२०को उद्घाटन तालिका : 

प्रतिक्रिया दिनुहोस्