
१४ पुष २०७६, काठमाडौं
जिल्लाको पलाँता गाउँपालिका ७ गडवाली निवासी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता जीरबहादुर धामीको भीरबाट लडेर मृत्यु भएको छ । आइतबार राती पलाँताको दुर्सिबाट घर जानेक्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेका तर्फबाट पलाँता गाँउपालिका( ७ को वडा अध्यक्षका उम्मेद्वार थिए। उनी कांग्रेसका तर्फबाट बिजयी ब्रजबहादुर बमसँग झीनो मतले पराजित भएका थिए । पलाँताको एमालेका संस्थापक नेता धामीको निधनप्रति राजनीतिक दलका स्थानीय नेताले दुस्ख व्यक्त गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यक्षराज जोसीले पलाँतामा भीरबाट लडेर उनको मृत्यु भएको जानकारी दिए।शव लिएर प्रहरी टोली सदरमुकाम फर्किदै गरेको उनले बताए।





