प्रधानसेनापति ज्यू लाई चिट्ठी



महोदय,

प्रधानसेनापति ज्यू नेपालका राजनीतिक दलका नेताहरुको कारण नेपाली नागरिकहरुलाई बाच्न गाह्रो हुन लाग्यो । के.पी.शर्मा ओलीले भारतलाई के के न भनेर गाली गलौच गरे नेपालमा नाकाबन्दी भयो । पुष्प कमल दाहाल प्रचण्डले डोनाल्ड ट्रम्पलाई गाली गलौच गरेका छन । राजनीतिक दलका नेताहरूले आफ्नो स्वार्थ पुर्ती भएन भने आफ्नो स्वार्थका लागि अन्तर्राष्ट्रिय मुलुकहरूका नेताहरूलाई जथाभावी गाली गलौच गरेको परिणामको दुःख , कष्ट र पीडा नेपाल र बिदेशमा रहेका सर्व साधारण नेपाली नागरिकहरुले भुगतन पर्ने परिस्थिति आएको छ । प्रधानसेनापति ज्यू राजनीतिक दलका नेताहरूले जथाभावी अन्तर्राष्ट्रिय मुलुकहरूका नेताहरुलाई चिडाउने काम गरे भने हाम्रो मुलुक नेपाल सोमालिया ,अफगानिस्तान र रुवान्डा आदि आदि जस्ता मुलुक बन्नलाई धेरै समय लाग्ने छैन ।

प्रधानसेनापति ज्यू हजुरसँग भेट गर्ने समय आँट भने हजुरले म सर्व साधारण नागरिकलाई भेट गर्न के खोज्नुहोला ? हजुरलाई म सर्व साधारण नागरिकसँग भेट गर्न समयको अभाव होला ? यसकारण चिट्ठी मार्फत सन्देश पठाउन खोजेको हो ।

प्रधानसेनापति पूर्ण चन्द्र थापा ज्यू हजुरले जंग बहादुर राणाको अवतार लिनुपर्ने भयो निभेको आगो नतापने बलिरहेको आगो मात्र ताप न खोज्ने ताक परे तिवारी नत्र गोतामे स्वार्थी, अवसरवादी गद्दार, राष्ट्रको अहित चाहने प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा लुटतन्त्र र मनपरितन्त्र गर्दै आएका सांसदहरु र नेताहरुलाई कार्वाही गरी सबैको सम्पत्ति राष्ट्रियकरण गरी मुलुकको विकासमा लगाउनुपर्छ । यो मुलुक बिगार्ने नै जहिले पनि सत्ताको आड र पहुँचमा रहने तथा सत्तामा जो छ उसको चाकरी र गुलामी गर्नेहरु नै हुन् । प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र मुलुक चाइना,भारत र अमेरिका आदि आदि जस्ता मुलुकलाई भनिन्छ । विक्रम सम्वत २०६२/०६३ साल पछि प्रधानमन्त्री , मन्त्री , सभासद ,सांसद र राजनीतिक दलका नेताहरूको कारण मुलुकको स्वाधीनता धरापमा परेको छ ।

हाम्रो मुलुकमा परवेज मुसर्रफ जस्ता आँट ,साहस र हिम्मत गर्न सक्ने सेनाहरु ,शासकहरु र नागरिकहरु कोही पनि छैनन क्या हो ? यदि छन भने राष्ट्रघाती र गद्दार नेताहरू बाट मुलुकलाई जोगाउनु पर्ने अवस्था छ ।

विक्रम सम्वत २०६२/०६३ साल पछि संधैभरि आन्दोलन र नेपाल बन्द यस्तै ढुक ढुकी तरिकाले मुलुक चलि रहने हो भने नेपाली नागरिकहरुले नसोचेको परिणाम व्यहोर्नुपर्ने छ ।आज हाम्रो मुलुक नेपालको अवस्था ढुकढुकी  स्वास मात्र छ । प्राण जान मात्र बाँकी छ ।अन्तर्राष्ट्रिय  मुलुकहरूमा पनि हाम्रो मुलुकको अवस्था चासोको विषय वस्तु  बन्न पुगेको छ । प्रधानसेनापति  ज्यू हजुरले टुलुटुलु बसेर हुँदैन ।पन्चायत कालमा १३३ जना सांसदहरु हुँदा कति धेरै भनिन्थ्यो अहिले ८८४ जना सांसद हुँदा पनि हामी नेपाली नागरिकहरु मौन किन ? संघीयताले मुलुकको आर्थिक भार  थेग्न र धान्न नसक्ने अवस्था छ । संघीयता प्रधानमन्त्री, मन्त्रीपरिषद , राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख , राष्ट्रिय सभा अध्यक्ष प्रदेशको मुख्यमन्त्री,मन्त्रीहरू, ८८४ जना सांसद र ७७ जिल्लाका नगर प्रमुख (मेयर) हरुको लागि मात्र हो । हाम्रो मुलुक नेपाल वीर गोर्खाली र बहादुर हरुको नामले पनि चिनिन्छ । वीर गोर्खाली वीर बहादुर हरु कता गए कता हराए ? यदि म प्रधानसेनापति भएको भए यसरी टुलुटुलु हेरेर बस्ने थिएन । आए परेको बाधा अड्चन हरुलाई सजिलो सँग व्यहोर्नु परे व्यहोरथें ।

स्वतन्त्र नेपाली नागरीक
राकेश कुमार शर्मा
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालीका–२
मो.नं.९८४८०५५७७६, ९८१२४९१३९७

प्रतिक्रिया दिनुहोस्