एकै पटक २६०० प्रहरीको सरुवा



१४ पुष २०७६, काठमाडौं

एकै पटक नेपाल प्रहरीमा ठूलो संख्यामा सरुवा गरिएको छ।

प्रहरी नायब निरीक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी हवल्दाहरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो।

जसअनुसार कुल २ हजार ६ सय १९ जनाको सरुवा भएको छछ। प्रहरी प्रधान कार्यालयका अनुसार ६८९ सई, ८७२ असई र १०५८ जना हवल्दार गरी कुल २,६१९ जनाको सरुवा भएको हो।

प्रतिक्रिया दिनुहोस्