नयाँ वर्ष मनाउन बलिउड नायिका मल्लिका नेपालमा



१३ पुष २०७६, काठमाडौं

बलिउडकी चर्चित अभिनेत्री मल्लिका शेरावत नेपाल भ्रमणमा आएकी छन्।

उनी नयाँ वर्ष सन् २०२० मनाउनका लागि २७ डिसेम्बरमा नेपाल आएकी हुन्। उनले नेपाल आउने क्रममा ट्वीटरमा एक भिडियोसँगै क्याप्सन लेखेकी छिन्। “नयाँ वर्षको लागि बुद्धको जन्मस्थान नेपालको भ्रमण गर्दैछु।”

मल्लिका यतिबेला आफू भैरहवा भ्रमणमा रहेको ट्वीटरमार्फत् जानकारी गराएकी छिन्। मल्लिका बलिउडमा आइटम डान्सरका रुपमा चर्चित छिन्।

प्रतिक्रिया दिनुहोस्