
१३ पुष २०७६, काठमाडौं
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका करिब दुई दर्जन कार्यकर्ता पक्राउ परेका छन्।
सरकारविरोधी प्रदर्शनको तयारी गरिहेको उनीहरुलाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो। विप्लव नेकपालाई सरकारले गत वर्ष २८ फागुनमा प्रतिबन्ध लगाएपछि भूमिगत अवस्थामा छ।
सोही क्रममा प्रहरीले प्रतिबन्धित नेकपाका पूर्वकेन्द्रीय सदस्य मकर गुरुङसहित २० जनाभन्दा बढीलाई पक्राउ गरेको हो। प्रदर्शनी मार्गमा भेला भएर विरोध प्रदर्शनको तयारी गरिरहेका बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूले कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग भारतले आफ्नो क्षेत्रमा पारेको तथा एमसीसीलगायतका विषयलाई लिएर सरकारविरुद्ध प्रदर्शनको तयारी गरेका थिए।





