सोलुखुम्बुको दिप्लीघाटस्थित दुधकोशी नदीमा मोटरेबल पुलकोे शिलान्यास [फोटो फिचर]



१३ पुष २०७६, काठमाडौं

सोलुखुम्बुको थुलुङ दुधकोशी र सोताङ गाउँपालिका जोड्ने दिप्लीघाटस्थित दुधकोशी नदीमा निर्माण हुने मोटरेबल पुलको शिलान्यास गरिएको छ ।

शनिबार एक कार्यक्रमबीच उक्त पुलको शिलान्यास गरिएको हो । सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (सुरवीर), प्रदेश सांसद उत्तमकुमार बस्नेत, थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, सोताङ गाउँपालिका अध्यक्ष वीरबहादुर राई, नेचा सल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला समन्वय प्रमुख वीरकुमार राईले संयुक्त रुपमा शिलान्यास गरेका हुन्।

हिन्दू परम्पराअनुसार पूजापाठ गरी शिलान्यास गरिएको थियो । ३ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी महादेब खिम्ती हिराचन जेभिलेभ्याटसहित कुल १० करोड १८ लाख १९ हजार ७ सय २९ लागत निर्माणको जिम्मा पाएको छ।

सडक सञ्जालको माध्याम जिल्लाको सोताङ र महाकुलुङ गाउँपालिकालाई सदरमुकामसँगै अन्तरजिल्ला सिधा सडक सञ्जालमा जोड्ने माध्यम नै दिप्लीघाटको पुल बन्ने छ। जसको लागि कोशीपारिका नागरिकको आवश्यकता र निर्वाचानको बेला गरेको प्रतिबद्धताअनुसार अनेकौँ प्रयासपछि शिलान्यास गर्न सफल भइएको सांसद राईले बताएका छन् ।

फोटो फिचर (राई यलम्बर बीको फेसबुकबाट साभार)

प्रतिक्रिया दिनुहोस्