सीपी गजुरेलसहित १२ जना पक्राउ



१३ पुष २०७६, काठमाडौं

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलसहित अन्य १२ जना पक्राउ परेका छन्।

सीमासम्बन्धी विषयमा उप-प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेका उनीहरुलाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार रक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन भनी ठूलो समूह सिंहदरबार प्रवेश गर्न लागेपछि उनीहरुलाई पक्राउ गरिएको हो। त्यस क्रममा ढुंगामुढा हुँदा २ जना प्रहरी घाइते भएका बताइएको छ।

घाइते प्रहरी निरीक्षक वेद पौडेल र असई मानबहादुर तामाङको उपचार भइरहेको छ। घटनास्थलबाट प्रहरीको दुई मोबाइल पनि हराएको बताइएको छ। घटनापछि प्रहरीले गजुरेलसहित १२ भन्दा धेरैलाई पक्राउ गरेको हो।

गजुरेलसहितको टोलीले उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो। तर, सिंहदरबारभित्र चारजनालाई मात्र जान अनुमति दिएपछि गजुरेलसहितका नेता कार्यकर्ताले पूरै समूह नै जान पाउनुपर्ने अडान लिँदै निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्