सूचना प्रविधि विधेयक पारितः सामाजिक संजाल दर्ता गर्नुपर्ने



१३ पुष २०७६, काठमाडौं

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ।

समितिको आईतबार बसेको बैठकले कांग्रेसको फरक मतका बाबजुत विधेयक बहुमतले पारित गरेको हो। समितिका सभापति कल्याणीकुमारी खड्काले विधेयक बहुमतले पारित भएको र कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकार गरेको घोषणा बैठकमा गरेकी थिइन्।

सामाजिक संजाल फेसबुक, गुगललगायत कार्यालय नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ। नेपालमा प्रयोगकर्ता बढेकाले र ती संजालकर्ताको व्यवसायिक कारोबार बढ्दै गएकाले करको दायरामा ल्याउन दर्ता गर्नुपर्ने व्यवस्था राखिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए।

उक्त प्रावधानको कांग्रेसले विरोध गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्