सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु



१३ पुष २०७६, काठमाडौं

इजिप्टमा भएको सवारी दुर्घटनामा २८ जना मजदुरहरुको मृत्यु भएको छ।

राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा मजदुरहरुको मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ। एक मिनी बस र मजदुर बोकेको ट्रक एक आपसमा ठोकिँदा २२ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

दुर्घटनाको कारण भने स्पष्ट नभएको अधिकारीहरुले जनाएका छन्। ट्रकले मिनी बसलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्। मृतकहरुमध्ये दुईजना मलेसियन महिला र एक भारतीय नागरिक पनि रहेको बताइएको छ।

इजिप्टमा हरेक वर्ष सवारी दुर्घटनामा परेर कयौ सर्वसाधारणको मृत्यु हुने गरेको छ। सन् २०१८ मा मात्र आठ हजार भन्दा बढीको सवारी साधन दुर्घटनामा परेर मृत्यु भएको थियो।

अघिल्लो वर्ष एघार हजारले दुर्घटनामा ज्यान गुमाएका थिए।–एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्