मेलम्चीको खानेपानी समयमै काठमाडौं ल्याउने आयोजना प्रमुख थापाको दावी



१३ पुस २०७६, काठमाडौं

मेलम्ची खानेपानी परियोजना बूढानीलकण्ठ नगरपालिका भित्र तोकिएको समयमै ल्याउने ठोकुवा आयोजना प्रमुख भोज बिक्रम थापाले गरेका छन् ।

Melamchi Water project, KUKL, PID, Kathmandu

बूढानीलकण्ठ नगर क्षेत्रको खानेपानीको चरम अभाव समाधान गर्न डा. राजन भट्टराईको पहलमा विस्तारित रिङरोड बाहिरको पहिलो परियोजनाबारे बूनपा १० को सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख थापाले मेलम्चीको पानी समयमै काठमाडौं ल्याउन आफ्नो एक मात्र अर्जुन दृष्टि भएको बताउँदै विगतमा सैलुङ कन्सट्रक्सनले सडक निर्माणमा गरेको लापरवाही खानेपानी आयोजना विस्तारमा हुन नदिने प्रतिबद्धता दोहोर्याए ।

Melamchi Water project, KUKL, PID, Kathmandu

कपन क्षेत्रमा अबको २२ महिनाभित्र पानी आउनुपर्छ, कुनै बहानाबाजी चल्दैन : डा. राजन भट्टराई

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेलले खानेपानी आयोजना समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यसैगरी नगरप्रमुख खरेलले खानेपानी परियोजना प्रभावकारी कार्यान्वयनको लागि साईड अफिस कपन क्षेत्रमा राख्नु पर्ने, उपभोक्ताहरुको तर्फबाट अधिकार सम्पन्न समिति गठन गरी आयोजना निर्माणमा सहयोग पुर्याउने, निर्माण चरणमा आएका समस्या समाधान गर्न परियोजनाको तर्फबाट एक र नगरको तर्फबाट एक कर्मचारीको व्यवस्था गर्नुपर्ने धारणा राखे ।

Melamchi Water project, KUKL, PID, Kathmandu

डा. राजन भट्टराईको पहलमा कपनवासीलाई सवा २ अर्वको खानेपानी परियोजना (भिडियो सहित)

अन्तरक्रियामा सहभागी स्थानीय अगुवाहरुले सैलुङ कन्स्ट्रक्सनले कपन क्षेत्रको सडक निर्माणमा गरेको ढिलासुस्ती, अव्यवस्थित कार्यशैलीप्रति आक्रोशित बनेका थिए । उपभोत्ताको आक्रोस विगतको कारणले सामान्य भएपनि आयोजना प्रमुख थापाले सडक विस्तारसँग खानेपानी आयोजना नजोड्न आग्रह गरेका थिए ।

Melamchi Water project, KUKL, PID, Kathmandu

डा. राजन भट्टराईको सपना साकार हुँदै

अन्तरक्रिया कार्यक्रम गर्न प्रेरित गर्ने डा. राजन भट्टराई व्यस्तताको कारण उपस्थित हुन नसकेपनि कार्यक्रममा मेलम्ची खानेपानी परियोजना निर्देशनालय प्रमुख भोज बिक्रम थापा, नगरप्रमुख उद्धव प्रसाद खरेल, उपप्रमुख रमादेवी राई, वडा नं ११ वडाध्यक्ष राजु अधिकारी, १२ का शम्भु प्रसाद भट्टराई,  १० कावा वडाध्यक्ष चन्द्रमान श्रेष्ठ, ठेकेदार कम्पनीका लभ महोत्रा, आयोजना कार्यान्वयन निर्देशनालयका उपप्रमुख, ईन्जिनियरहरु, परामर्शदाताहरु सहित ५० भन्दा बढि टोल सुधार समितिका अध्यक्षहरु लगायत १०० भन्दाबढी स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Melamchi Water project, KUKL, PID, Kathmandu

यो पनि पढ्नुहोस : 

डा. राजन भट्टराईको पहलमा आनीगुम्बा डुबान समाधानका लागि टेण्डर आव्हान हुँदै

जननिर्वाचितका भरोषा बन्दै हारेका डा. राजन भट्टराई (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्