सस्तोमा प्याज बेच्दा दुई युवक प्रहरीको फन्दामा..



१३ पुष २०७६, काठमाडौं

सस्तोमा प्याज बेचेको अभियोगमा दुई युवक पक्राउ परेका छन् ।

भारतको मध्य प्रदेशको ग्वालियरमा दुई युवक अजय जाटव र जितु वाल्मिकी नाम गरेको १० रुपैयाँ किलो प्याज बेच्दा प्रहरीले  पक्राउ गरेको  भारतीय दैनिक अमर उजालाले बताएको छ ।  यी दुई युवकले ६० हजार भारु मूल्य बराबरको प्याज चोरी गरि, प्याजलाई प्रति किलो १० देखि २० रुपैयाँमा बेच्न सुरु गरका हुन् ।

सस्तो प्याज बेचिरहेको हल्ला चलेपछि प्याज किन्न मानिसहरुको भीड भयो । दुवैले मिलेर केही घण्टामै पूरै प्याज बेचि सके ।  दुई युवकले लसुन र प्याज चोरेको प्रहरीले बताएका छन् । उनीहरुले ५० किलो प्याजका १२ बोरा र लसुनका २ बोरा चोरी गरेका थिए ।

दुवै युवकलाई अदालतमा पेश गरियो, दुवैलाई पुलिस कस्टडीमा पठाइएको छ । दुवैले अपराध पनि स्वीकार गरेका छन् ।आरोपीहरुले आफूहरु प्याजको मूल्य बढेर हैरान भएपछि चोरी गरेको बताएका छन् । एजेन्सी..

प्रतिक्रिया दिनुहोस्