प्रहरीसहित ३ जनाको मृत्यु भएको विस्फोटमा विप्लव समूहको संलग्नता



१३ पुष २०७६, काठमाडौं

गत २७ मंसिरको राति टाइम बम विस्फोट गराउने व्यक्तिहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले निष्कर्ष निकालेको छ।

तराईमा आपराधिक गतिविधि गराएर रकम संकलनमा सक्रिय रहेका केही विप्लव कार्यकर्तालाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको थियो। प्रदेश नं. २ का प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले बम बिस्फोटमा विप्लव समूहको संलग्नता रहेको खुलेको बताए।

उनका अनुसार आधा दर्जन विप्लव समूहका कार्यकर्ताहरुलाई नियन्त्रणमा लिइसकिएको छ। केहीलाई भने नियन्त्रणमा लिन बाँकी रहेका छन्। ‘बम विस्फोट गराउने विप्लव माओवादीको खोल ओढेर तराईमा आपराधिक गतिविधि गर्ने व्यक्तिहरू हुन्,’ कार्कीले भने।
धनुषामा बम विस्फोट हुँदा प्रहरीसहित ३ को मृत्यु, २ गम्भीर घाइते
घटनामा राजेश शाह र उनका छोरा उन्नत शाहको मृत्यु भएको थियो। विप्लव समूहको नाममा आपराधिक समूहले ‘लेनदेन’का टाइम बम विस्फोट गराएको डिआइजी कार्कीको भनाई छ। पक्राउ परेका व्यक्तिहरू विप्लव समूहका लागि पैसा उठाउने व्यक्ति रहेको खुलेको छ।

बम राख्नुअघि पटक–पटक घरधनी राजेश शाहलाई धम्की दिएको अनुसन्धानबाट खुलेको कार्कीले बताए। घटनाका मुख्य योजनाकारसहितका व्यक्ति फरार रहेको कार्कीले बताए।
बम विस्फोट हुदाँ बाबु छोरा सहित प्रहरी अधिकृतको मृत्यु !
“मृतक राजेश शाह औषधी व्यवसायी थिए। उनी ब्याजमा पैसा लगानी गर्थे। उनीसँग आर्थिक कारोबार गर्ने विभिन्न व्यक्तिहरूमाथि प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ।” डिआइजी कार्कीले भने, ‘यो घटना विशुद्ध लेनदेनको कारणले भएको हो।’

प्रहरीका अनुसार राजेश शाहको घरमा टाइम बम राखिएको थियो। उक्त बम राखिएको स्थानमा पुग्दा अचानक विस्फोट भएर प्रहरी निरीक्षक दाहाल, शाह र उनका छोरा अनन्त शाहको मृत्यु भएको थियो। घटनापछि प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका धनुषा इन्चार्ज ललिता महरासहित तीन जनालाई पक्राउ गरेको थियो।
धनुषा बम काण्डः …अनि पड्कियो त्यो रातो झोला
यो घटनाको अघिल्लो दिन शुक्रबार राति ११ बजे सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा पनि बम विस्फोट भएको थियो। बम कसले राखेको हो भन्ने पत्ता लाग्न नसके पनि प्रहरीले धनगढीमाई नगरपालिका ७ का अजित पासवानलाई पक्राउ गरेको छ।

पासवान विप्लव माओवादीसँग संलग्न थिए। त्यसअघि कार्तिकमा रौतहटको मठिया प्रहरी चौकीमा अज्ञात समूहले बम विस्फोट गराउँदा एक जना प्रहरी जवान घाइते भएका थिए। गत २३ मंसिरमा महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकामा प्रेसर कुकुर बम राखिएको थियो।
धनुषा बम काण्डः पक्राउ परेका २ जनाले मृतकलाई ४६ लाख तिर्नुपर्ने तथ्य फेला
त्यस्तै, महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर २ डिभिजन वन कार्यालयभित्र पार्किङमा रहेको गाडीमुनि झोलाभित्र प्रेसर कुकर बम फेला परेको थियो। बम सेनाको टोलीले निष्क्रिय पारेको थियो। यी घटनामा कोही समातिएका छैनन्।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार बम विप्लव माओवादीले राखेको शंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। ‘बम राख्ने क्रम र गतिविधि हेरेका छौं, तराईमा सशस्त्र समूहको गतिविधि निकै कम भएको हुनाले यो राज्यसँग असहमति राख्ने र गतिविधि गर्ने समूहले गराएको हाम्रो बुझाइ हो,’ अधिकारीले भने।धनुषा बम काण्ड फलोअपः तीनजना प्रहरीको नियन्त्रणमा

प्रतिक्रिया दिनुहोस्