
१३ पुष २०७६, काठमाडौं
नेकपाले प्रदेश नं. ३ को नाम बाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा आईतबार (आज) बिहान बसेको सचिवालय बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी एक नेताका अनुसार, प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो।
प्रदेश ३ को प्रदेश सभामा नेकपाको दुई तिहाइ बहुमत छ।
फाइल तस्वीर





