सानेपामा भीषण आगलागी



१३ पुस २०७६, काठमाडौं

लतिलपुरको सानेपामा हिजो राती भीषण आगलागी भएको छ । कवाडी सामान राख्ने ठाउँमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगो नियन्त्रणका लागि १२ वटा दमकल पुगेको महानगरीय प्रहरी प्रभाग सानेपाका इन्स्पेक्टर कोशिस जोशीले बताए ।

खबर पाउनासाथ व्यापक मात्रामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा आगो निभाउने प्रयास भएको थियो ।

क्षतिकाे विवरण र आगलागीकाे कारणका बारेमा अनुसन्धान भइरहेकाे प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्