झनै बढ्यो चिसो : देशैभरी तापक्रम घट्दो क्रममा



१२ पुष २०७६, काठमाडौं

मौसम पूर्वानुमान महाशाखाले देशभरीको तापक्रमको पछिल्लो विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ६ डिग्री पुगेको छ भने देशका अन्य भागहरुको तापक्रम पनि घट्दो क्रममा रहेको छ ।

महाशाखाले हिजो (शुक्रबार) उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको बताएको थियो भने दिउँसो १ दशमलव ५ डिग्री सेल्सियस रहेको थियो ।

काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । दिनभरीको मौसम सफा भएपनि मौसममा बदली भइरहने महाशाखाले जनाएको छ ।

त्यस्तै, तराईका भूभागहरुमा अपराहन्नसम्म बाक्लो हुस्सु र कुहिरो रहने हुनाले राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आउने र चिसो नै रहने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्