बलात्कार आरोपी सिद्धबाबाको मुद्धा ‘हेर्दा-हेर्दै’मा, दिनैभरि पक्ष–विपक्षबीच नाराबाजी



११ पुष २०७६, काठमाडौं

बलात्कारको आरोप लागेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीको मुद्धा ‘हेर्दा-हेर्दै’मा राखिएको छ।

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका गिरीको आज बयान सकिएको हो। शुक्रबार जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा उनको बयान भएको हो। अदालतले बयान लिइरहँदा अदालत बाहिर भने सिद्धबाबा पक्ष र महिला अधिकारकर्मीले नाराबाजी गरिरहेका थिए।
आफ्नै अनुयायी बलात्कारको आरोपमा आईसीयूबाटै पक्राउ परे सिद्धबाबा कृष्णदाश महाराज
प्रवेश द्धारको दायाँ सिद्धबाबाका अनुयायीहरुले जय जय राम, जय श्रीराम् भन्दै नारा लगाउँदा अधिकारकर्मीहरुले भने बलात्कारीलाई कारबाही गर भन्दै नाराबाजी गरेका थिए। विराट नर्सिङ होमबाट सिद्धबाबालाई बयानका लागि लगिएपछि शुरु भएको पक्ष विपक्षको नाराबाजी दिनभरजसो चलेको थियो।
सिद्धबाबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति
आइतबारबाट मुद्दामा थुनछेक बहस हुने बताइएको छ। बसहका लागि महिलाको पक्षमा चारजना सरकारी र दुई निजी वकिलले बहस गर्नेछन्। कृष्णबहादुर गिरीको तर्फबाट पाँचजना वकिले बहस गर्नेछन्।
सिद्धबाबाको ७ दिन हिरासतमै, बयान पनि अस्पतालबाटै
सरकारी वकिलको कार्यालयले अदालतमा बुझाएको अभियोग पत्रमा कृष्णबहादुर गिरीलाई ७–१० वर्ष कैदको सजाय माग गरिएको छ। मूलुकी अपराध संहिता, २०७४को दफा २१९ को ३(ङ) बमोजिम ७ देखि १० वर्ष कैद सजाय माग गरिएको हो।
सिद्धबाबाको नाममा नक्सापास नगरी १२८ कोठे आश्रम निर्माण
गत ४ कार्तिकमा बलात्कार गरेको भन्दै उनकै अनुयायी महिलाले कृष्णदासविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले गिरीलाई मंसिर १६ गते पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस्