‘सभामुख चयनमा बाधक बन्दिनँ, राजीनामा दिन तयार भएर बसेकी छु’



११ पुष २०७६, काठमाडौं

उप-सभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख चयनमा बाधक नबन्ने बताएकी छिन्।

शुक्रबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएपछि तुम्बाहाम्फेले आफ्ना कारण बैठक स्थगित नभएको बताएकी हुन्। ‘सभामुख चयनमा म बाधक छैन्। राजीनामा दिन तयार भएर बसेकी छु,’ उनले भनिन, ‘आजको बैठक स्थगनमा मेरो राजीनामा कारक होइन।’

नेकपाका नेताहरुले उप-सभामुख तुम्बाहाम्फेले राजीनामा दिए मात्रै बैठक सञ्चालन गर्न संसद सचिवालयलाई सन्देश दिएका थिए। सोही बमोजिम सचिवालयले राजीनामा प्राप्त नभएपछि उप-सभामुखसँगको सल्लाहमा बैठक सूचना टाँसेर १६ गतेसम्मको लागि स्थगन गरेको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्