अन्तर्राष्ट्रिय पदक विजेता दिपक र सगरमाथा आरोही टासी सम्मानित



११ पुष २०७६, काठमाडौं

पुष्पलाल मेमोरियल कलेजको स्वागत तथा विदाई कार्यक्रममा अन्तर्राष्ट्रिय पदक विजेता दिपक दुलाल र सर्वोच्च शिखर सगरमाथा आरोरी टासी ग्याल्चेन शेर्पालाई प्रसंसा पत्रसहित सम्मान गरिएको छ ।

पुष्लाल मेमोरियल कलेज बिबिएस तेस्रो वर्षमा अध्ययनरत दिपक दुलालले गत वर्ष जुनमा थाईल्याण्डको च्यङ्मोईमा सम्पन्न भएको दोश्रो बुरफा अन्तर्राष्ट्रिय युनिभर्सिटी तेक्वान्दो प्रतियोगितामा ग्यरोगी र पुम्सी तर्फको कास्य पदक प्रप्त गर्न सफल भएका थिए । भने यसै वर्ष भुटानको थिम्पुमा सम्पन्न भएको पाँचौ अन्तर्राष्ट्रिय ग्यरोगी र चौथो अन्तर्राष्ट्रिय पुम्से प्रतियोगितामा रजत पदक प्राप्त गरेका थिए ।

नेपाली सेनाले राष्ट्रिय स्तरमा राखेको खुल्ला लेख रचना स्मारीका २०७६ मा समेत पुष्पलाल कलेजको प्रतिनिधित्व गर्दै राष्ट्रियता र राष्ट्रिय एकताको शिर्षकबारे लेख रचनामा सहभागी जनाएका छन् ।

विगत देखि ट्रेकिङ कार्य र पर्यटकहरुलाई सगमाथा आरोही गाईड गर्दै टासी २४ मे २०१९ मा उनी आफै सगरमाथाको चुचुरोमा पुगिसम्मान स्वरुप पुष्पलाल कलेजको ब्यानर फहराउन सफल भएका थिए । सगरमाथा आरोहण गर्न त्यति सहज र सरल नहुने हुनाले यस्तो जोखिम लिएर उल्लेखनिय कार्य गरे बापत कलेजले उनलाई सम्मान गरेको हो ।

खेल र ट्रेकिङ कार्यलाई सङ्गसगै निरन्तरता दिदै आफ्नो पढाईलाई निरन्तरता दिंदै आएका दिपक र टासी कलेजमा हुने हरेक अतिरिक्त क्रियाकलापमा समेत राम्रो प्रदर्शन देखाउने गरेको समेत कलेजका निर्देशक केदार पुडासैनीले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्