भारतीय प्राध्यापक भन्छन्, ‘विश्वलाई बुद्ध नेपालले दिएको हो, भारतले होइन’



११ पुष २०७६, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पटक-पटक विश्वलाई बुद्ध भारतले दिएको बताउँदै आइरहेका बेला एक भारतीय प्राध्यापकले विश्वलाई बुद्ध नेपालले दिएको उल्लेख गरेका छन्।

भारतका शान्ति र संघर्ष अनुसन्धानका प्राध्यापक अशोक स्वाइनले मोदीले केही समयअगाडि संयुक्त राष्ट्र महासभाको आफ्नो भाषणमा विश्वलाई बुद्ध भारतले दिएको बताएको तर, त्यसो भनई विश्वलाई बुद्ध नेपालले दिएको आफ्नो आधिकारिक ट्वीटरमार्फत् उल्लेख गरेका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमा उनले यस विषयमा लगातार दुई ट्वीट गरेका छन्। “संयुक्त राष्ट्र महासभामा आफ्नो भाषणमा मोदीले भारतले विश्वलाई बुद्ध दिएको दावी गरे। बुद्धको जन्म भारतमा भएको थिएन। नेपालको लुम्बिनीमा भएको थियो। मोदीको इतिहासको विकृति राष्ट्रिय लाजमर्दो विषय हो।” उनले ट्वीटरमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस्