राजाको अपमान गरेको भन्दै युट्यूबरलाई जेल सजाय



११ पुष २०७६, काठमाडौं

मोरक्कोमा राजालाई अपमान गरेको अभियोगमा एक युट्यूबरलाई चार वर्षको जेल सजाय तोकिएको छ।

मोहमद सेक्काकी नामका युट्यूबरले आफ्नो देशका राजा अपमानित हुने प्रकृतिको भिडियो सार्वजनिक गरेको भन्दै जेल सजाय सुनाइएको हो। उनका वकिल मोहमद जियानका अनुसार सेक्काकीका युट्यूब भिडियो सामान्यतः एक लाख भ्यूज पाउँछन्।

उनै चर्चित युट्यूबरलाई डिसेम्बरको शुरुमा प्रहरीले पक्राउ गरेको थियो। त्यहाँका संचारमाध्यमका अनुसार उनले भिडियोमार्फत् मोरक्कोका जनतालाई ‘गधा’ भन्नुको साथै राजा मोहम्मद छैटौंलाई ‘अछुत’भनेका थिए।

यसअघि मोरक्कोमै र्‍यापरलाई सरकारी अधिकारीलाई टिप्पणी गरेको भन्दै एक वर्षको जेल सजाय दिइएको थियो। मोरक्कोमा पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रता विरुद्ध सरकारले गरेका निर्णयको मानवअधिकारकर्मीले विरोध गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्