गृहमन्त्रीको निर्देशनपछि हट्दै काठमाडौंभित्रका होर्डिङ बोर्ड



११ पुष २०७६, काठमाडौं

गृहमन्त्री राम बहादुर थापा (बादल)को निर्देशनपछि काठमाडौं उपत्यकाभित्रको होर्डिङ बोर्ड तथा पोष्टरहरु हटाउन थालिएको छ।

काठमाडौं महा–नगरपालिकाले उपत्यकाको चोक–चोकमा कुरुप बनाउने गरी राखिएको होर्डिङ बोर्ड, पोष्टरलगायतका सामग्री हटाउन शुरु गरेको हो। शुक्रबार(आज) माइतीघर, तिनकुने, टेकुलगायतका स्थानमा महानगरका कर्मचारीले होर्डिङ बोर्ड हटाउन शुरु गरेका छन्।

महा–नगरपालिकले तत्काल चार ओटा समूह बनाएर यस्ता शहरलाई कुरुप बनाउने होर्डिङ बोर्ड तथा पोष्टरहरुलाई हटाउन थालेको हो। बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री थापाको अध्यक्षतामा बसेको सरोकारवाला निकायहरुसहितको बैठकले गरेको निर्णय अनुसार आजैदेखि होर्डिङ बोर्डगायतका सामाग्री हटाउन हटाउन शुरु गरिएको हो।

यसअघि ४ वर्षअघि नै सर्वोच्च अदालतले काठमाडौंका होर्डिङ बोर्डहरु हटाउन आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्