प्रधानमन्त्री शिक्षण अस्पतालमा



११ पुष २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलाइसिसका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्।

प्लाज्मा फेरेसिसले काम नगरेपछि उनले नियमित डायलाइसिस गर्दै आइरहेका छन्। नियमित डायलाइसिसका लागि प्रधानमन्त्री बिहान शिक्षण अस्पताल पुगेको र बेलुकीसम्म निवास फर्किने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको फेरिएको मिर्गौलाले पनि राम्रोसँग काम नगरेपछि नियमित डायलाइसिस गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्