नेपाल ट्रष्ट उभियो गोकर्ण रिसोर्टको पक्षमा



११ पुष २०७६, काठमाडौं

नेपाल ट्रष्टको कार्यालयले गोकर्ण रिसोर्टसँगको सम्झौतामा सरकारलाई घाटा हुने गरी नदिएको भन्दै सम्झौताको पक्षमा स्पष्टीकरण दिएको छ।

कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरेर सरकारलाई घाटा नहुने गरी रिसोर्टसँग सम्झौता गरेको प्रष्ट पारेको हो। पत्रकार सम्मेलनमा ट्रष्टका सह-सचिव राजेश्वर ज्ञवालीले उक्त जग्गा गाईचरण हुन नदिन समयभन्दा अगावै सम्झौता गरिएको प्रष्ट पारेका छन्।

सरकारले पुरानो सम्झौताको साढे ५ वर्षको अवधि रहँदै ट्रष्टको सो जग्गा २५ वर्षका लागि गोकर्ण रिसोर्टका लागि थप सम्झौता गरेपछि विवादित बन्दै आएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्